Logo

सिटिजन्स बैंक र मनकामना हस्पिटल प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट

सिटिजन्स बैंक र मनकामना हस्पिटल प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भरतपुर, चितवन स्थित मनकामना हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने गरी शुक्रबार २ संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

laxmi

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभीन्न वचत खातामा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL