Logo

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’, डिजिटल बैंकिङ अझ सहज र सुरक्षित

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’, डिजिटल बैंकिङ अझ सहज र सुरक्षित



काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिटरक्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्ने छ । ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्न र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।

प्रतिक्रिया दिनुहोस्
MBL