Logo

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक, १२ प्रतिशत व्याज प्रदान गर्ने

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक, १२ प्रतिशत व्याज प्रदान गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

१ हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभिइ एकमुष्ठ रुपमा भुक्तानी गरिने बैंकले जानकारी दिएको छ । उक्त योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक महालक्ष्मी क्रमिक बचत खाता पनि खोल्न सक्नेछन् ।

उक्त बचत खाता देशैभर छरिएर रहेका १ सय ३ शाखाहरु मार्फत खोल्न सकिने छ । बैंकले हाल प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This