Logo

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत, बैंकको मोबाइल एपबाट भुक्तानी थप सहज

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत, बैंकको मोबाइल एपबाट भुक्तानी थप सहज



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ ।

जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।

एभरेष्ट बैंक, पंजाब नेशनल बैंकसँग संयुक्त उद्यममा हालसम्म लाखौं ग्राहकहरू आवद्ध छन् । हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटिएम तथा अरु नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL