Logo

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा, उत्कृष्ट सेवाको प्रतिबद्धता

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा, उत्कृष्ट सेवाको प्रतिबद्धता



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ । आइतबार एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न भएको हो ।

laxmi

औपचारिक समुद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजयकुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानियहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL