Logo

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको रम्भा हुँगीमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको रम्भा हुँगीमा



काठमाडौँ । ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५१ पुगेको छ ।

laxmi

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा, २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL