Logo

नेपाल बैंकले मनायो ग्लोबल मनि विक, वित्तीय सशक्तीकरण गर्ने उद्देश्य

नेपाल बैंकले मनायो ग्लोबल मनि विक, वित्तीय सशक्तीकरण गर्ने उद्देश्य



काठमाडौं । नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरूमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरूलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

laxmi

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरू लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।

बाग्मती प्रदेश अन्तर्गत १७, लुम्बिनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेस प्रदेश अन्तर्गत १९, सुदूरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरूमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरू सञ्चालन गरिएको र ती कार्यक्रमहरूमा करिब ५००० सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL