Logo

राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वाणिज्य बैंकले ‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

laxmi

बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त अभियानमा डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायतबारे जानकारी गराइएको वाणिज्य बैंकले जनाएको छ ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंङ सेवाबाट ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL