Logo

नेपाल बैंकद्वारा ८ दशमलव ५० प्रतिशत ऋणपत्र २०८७ को अर्धवार्षिक ब्याज भुक्तानी

नेपाल बैंकद्वारा ८ दशमलव ५० प्रतिशत ऋणपत्र २०८७ को अर्धवार्षिक ब्याज भुक्तानी



काठमाडौं । नेपाल बैंकले ८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७ को अर्धवार्षिक ब्याज भुक्तानी गरेको छ । बैंकले पौष मसान्तसम्म कायम सम्पूर्ण ऋणपत्रधनीहरुको बैंक खातामै अर्धवार्षिक ब्याज जम्मा गरिएको जानकारी दिएको हो ।

laxmi

हालसम्म आफ्नो ब्याज रकम खातामा प्राप्त नभएका ऋणपत्र धनीहरुले शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गर्न समेत बैंकले भनेको छ ।

ब्याज रकम बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधिक नगराएका ऋणपत्रधनीहरुले यथासिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीहरुको ब्याज रकम प्राप्त गर्नका लागि सम्बन्धीत बैंक तथा वित्तीय संस्थाहरुको स्वीकृति पत्र अनिवार्य पेश गर्नुपर्ने समेत बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL