Logo

राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेटविनै चल्ने मोबाईल बैंकिङ सेवा सार्वजनिक, यस्ता छन् विशेषता

राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेटविनै चल्ने मोबाईल बैंकिङ सेवा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट र जीपीआरएस सेवा नपुगेका स्थानमा पनि सजिलै चलाउन सकिनेगरी मोबाइल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले इन्टरनेटको पहुँच नपुगेका विकट ग्रामिण भेगमा पनि मोबाईल बैंकिङको सेवा लिन सकिने गरी ‘आरबीबी युएसएसडी बैंकिङ’ सेवा संचालनमा ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ५७ औं बार्षिकोत्सवमा उक्त सेवाको उद्घाटन गरेका हुन् । हाल ब्यालेन्स ईन्क्वाईरी, मोबाईल टपअप, फण्ड ट्रान्सफर, पीन परिवर्तनलगायतका सुविधाहरु रहेको उक्त प्रणालीमा अन्य सेवाहरु पनि थपिँदै जाने बैंकले जानकारी दिएको छ ।


हालसम्म बैंकले जीपीआरएस र इन्टरनेटमा आधारित मोबाईल बैंकिङ सेवा प्रदान गर्दै आईरहेको थियो । तर, अब भने बैंकको मोबाईल बैंकिङ सेवा इन्टरनेटविनै चल्नेछ । यस्तै यो सामान्य मोबाईलमा पनि संचालन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL