Logo

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ साक्षरता, घरमै बसेर बैंकिङ सेवा लिन सिकाउँदै

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ साक्षरता, घरमै बसेर बैंकिङ सेवा लिन सिकाउँदै



काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको कान्तिपथ शाखाले करिब २५० जना सहभागीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरेको हो ।

laxmi

कम समयमै छिटो छरितो र घरमै बसेर पनि बैंकिङ्ग सेवा लिन पाउने सहजताको लागि बैंकले उक्त कार्यक्रम चलाएको हो । थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित गराउने जानकारी दिएको छ ।

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL