Logo

कामना सेवा विकास बैंकद्वारा नेपालमै पहिलोपटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा नेपालमै पहिलोपटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

laxmi

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा शनिबार सेवा सञ्चालन प्रारम्भ गरेको हो ।

बैंकले वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि, स्थानिय तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL