Logo

नबिल बैंकले ल्यायो ‘नबिल डिजीबैंक पोर्टल’, सबै बैंकिङ सेवा एकद्वार प्रणालीमा

नबिल बैंकले ल्यायो ‘नबिल डिजीबैंक पोर्टल’, सबै बैंकिङ सेवा एकद्वार प्रणालीमा



काठमाडौँ । नबिल बैंकले ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुलाई एकद्धार प्रणालीमार्फत बैंकिङ सम्बन्धी अनलाइन सेवाहरू प्रदान गर्न उक्त पोर्टल संचालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए ।

एक कार्यक्रमबीच सीईओ शाहले ‘नबिल डिजीबैंक पोर्टल’को उद्घाटन गरेका हुन् । सो पोर्टल वृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजनाको स्थापना गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार नबिल डिजीबैंक पोर्टलका माध्यमबाट अनलाईनबाटै फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेस्मेन्ट, मर्चेन्ट अन बोडिङ र रिटेल एसएमएस लोन लगायत सेवाहरू ग्राहकले लिन सक्ने छन् ।

यसैगरी भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आईकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवाहरूसमेत ल्याइएको सीईओ शाहले जानकारी दिए । भीकेवाइसीको शुरुवातसँगै अबका दिनमा ग्राहकहरूसँग केवाईसी प्रमाणिकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध हुनेछ । साथै भीकेवाइसी छनोटमार्फत् ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

यसैगरी सो प्रणालीमार्फत ब्यालेन्स टप–अपका साथै ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरी कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चअल कार्ड तुरुन्तै जारी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL