Logo

खोपासीमा नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

खोपासीमा नेपाल बैंकको डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिबार हिमालय मावि खोपासीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

laxmi

पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए । बिशिष्ट अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेको उक्त कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनयकेशरी पौड्यालको उपस्थिति थियो ।

यस्तै कार्यक्रमा नेपाल बैंक मार्केटिङ् तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, बिभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतका अतिथिहरुका साथै खोपासी आसपासका करिव ३०० भन्दा बढी स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका मेयर भिम न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाइ डिजिटल वित्तीय चेतना अभिबृद्घि गर्न डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेकोमा नेपाल बैंकलाइ हार्दिक धन्यबाद ज्ञापन गरेका थिए ।

साथै त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्न नेपाल बैंकले थप नयां कार्यक्रमहरु संचालन गर्दै जाने विश्वास पनि उहांले ब्यक्त गरेका थिए । त्यसै गरी नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाइ प्राथमिकतामा राखि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराएका थिए । बरिष्ठ पत्रका मधुसुधन गुरागाईं, नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बाग्मती प्रादेशिक कार्यालय प्रमुख विनयकेशरी पौड्याल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि आफ्नो बिचार ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL