Logo

सेवा विस्तारमा एग्रेशिभ लुम्बिनी विकास बैंक, एकैदिन संचालनमा ल्यायो ५ नयाँ शाखा

सेवा विस्तारमा एग्रेशिभ लुम्बिनी विकास बैंक, एकैदिन संचालनमा ल्यायो ५ नयाँ शाखा



काठमाडौं । लुम्बिनी विकास बैंकले एकैसाथ थप ५ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको बानेश्वर चोकमा नयाँ बानेश्वर शाखा, रुपन्देहीको तिलोत्तमामा मणिग्राम शाखा, नवलपरासीको बर्दघाटमा बर्दघाट शाखा, दाङको घोराहीस्थित घोराही शाखा र बाँकेको कोहलपुरस्थित कोहलपुर शाखा संचालनमा ल्याएको हो ।

laxmi

आफ्नो सेवा देशका बिभिन्न ठाउँमा पुर्याउने उद्देश्यले उक्त शाखा कार्यालयहरु संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यससँगै अब बैंकको शाखा संख्या ७७ पुगेको छ ।

बैंकको नयाँ बानेश्वर शाखा को उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका छन् । साथै बर्दघाट शाखा को उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले, मणिग्राम शाखा को उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले, घोराही शाखा को उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरेका हुन् ।

यस्तै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरेका हुन् ।

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL