Logo

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी एपोलो पोलि क्लिनिक भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

laxmi

यस सम्झौता पश्चात् ग्राहकहरुले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिशत, डाईग्नोष्टिक सेवाहरुमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL