GBIME

कुमारी बैंकका कर्मचारी तथा ग्राहकका लागि सुविधा, निःशुल्क एन्टिजेन टेष्ट क्याम्प संचालन


बिजखबर संवाददाता
7 September, 2021 9:27 am

kumari bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड–१९को संक्रमणसँग जुध्नका लागि “निःशुल्क एन्टिजेन टेष्ट क्याम्प” संचालन गरेको छ । बैंकले टंगाल स्थित बैंकको कर्पोरेट कार्यालयमा क्याम्प आयोजना गरेको हो ।

Bajaj
NABIL
YAMAHA

क्याम्पमा बैंकका कर्मचारी तथा ग्राहकको निःशुल्क एन्टिजेन परिक्षण गरिएको थियो । उक्त क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेष्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

MBL