Logo

निफ्राको सञ्चालकमा शर्मा नियुक्त, सम्हाले जिम्मेवारी

निफ्राको सञ्चालकमा शर्मा नियुक्त, सम्हाले जिम्मेवारी



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

संचालक शर्माले बैंक सञ्चालक समितिमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका छन् । यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए ।

अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि सकिएसँगै मन्त्रालयले शर्मालाई मनोनित गरेको हो । यससँगै, हाल निफ्राको सञ्चालक समितिमा ४ जना मात्रै रहेका छन् ।


जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । यससँगै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि धनिराम शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल र इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL