Logo

नेपाल बैंक फेरि पनि ‘ए’ स्तरको रेटिङमा पर्न सफल, सबै सूचक उच्च रहेको प्रमाणित

नेपाल बैंक फेरि पनि ‘ए’ स्तरको रेटिङमा पर्न सफल, सबै सूचक उच्च रहेको प्रमाणित



काठमाडौं । विश्वमै ख्याति प्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्ट्यान्डर्ड बमोजिम देशकै पहिलो बैंक-नेपाल बैक लिमिटेड लाई ‘ए’ अर्थात आईसीआरए एनपी–आईआर ‘ए’ स्तरको रेटिङ्ग कायम गरिएको छ ।

laxmi

रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको सीएएसए (कासा)को हिस्सा ६३ प्रतिशत रहेको जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको, पर्याप्त पुँजी कोष अनुपात रहेको, कर्जा तथा निक्षेपको कन्सन्ट्रेसन जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरू प्रमाणित भएको बैंकले जनाएको छ ।

त्यसैगरी, हाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० वर्ष समयावधि तथा ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्रको समेत ईक्राद्वारा ‘ए’ रेटिङ अर्थात आईक्रा एनपी एल ए रेटिङ गरेको छ । यस प्रकारको रेटिङले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा ब्याजहरु समयमै भुक्तानी गर्नसक्ने बैंकको क्षमतालाई प्रमाणित गरेको बैंकले जनाएको छ ।

बैंकद्वारा कोभिड–१९ को प्रभाव द्वारा श्रृजित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको, वित्तीय दबावलाई ब्यबस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमतालगायत कायम राखेको बैंकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL