Logo

एनएमबि बैंकले जेठ २ देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, वार्षिक ८.५० प्रतिशत व्याजदर

एनएमबि बैंकले जेठ २ देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, वार्षिक ८.५० प्रतिशत व्याजदर



काठमाडौं । एनएमबि बैक लिमिटेडले २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ २ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र  निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । 

बैंकले १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर  भएको ‘एनएमबि ऋणपत्र ८.५० प्रतिशत – २०८७/८८’ जारी गर्न लागेको हो ।

लगानीकर्ता उक्त ऋणपत्रमा जेठ २ गतेदेखि छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गतेसम्म न्यूनतम २५ कित्तादेखी अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, एनएमबि बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्
MBL