Logo

मेगा बैंकका ग्राहकलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस किन्दा किस्ताबन्दीको सुविधा

मेगा बैंकका ग्राहकलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस किन्दा किस्ताबन्दीको सुविधा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ ।

laxmi

आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आई बोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् ।

यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको सतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ ।

आईबोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको दावी कम्पनीको छ । आईबोसले ग्रीन बुटी ब्रान्डका ८० हजारदेखि डेढ लाख रूपैयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ । ग्राहकहरुलाई ६महिना तथा १ बर्ष गरी २ वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL