Logo

रोकिएन सोधनान्तर घाटा बढ्नेक्रम, खुम्चिदै विदेशी मुद्रा सञ्चिती

रोकिएन सोधनान्तर घाटा बढ्नेक्रम, खुम्चिदै विदेशी मुद्रा सञ्चिती



काठमाडौं । सरकारले देशको आर्थिक स्थितीमा केही सुधार आएको बताएपनि शोधनान्तर घाटा भने बढेको छ ।

laxmi

राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ९ महिनामा शोधनान्तर घाटा ६४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । जबकि गत आबको सोही अबधिमा शोधनान्तरघाटा १४ अर्ब ६० करोड रुपैयाँ मात्र थियो । चालू आबकै ८ महिनामा पनि यस्तो घाटा ५८ अर्ब ९९ करोड रुपैयाँ मात्र थियो ।

यसैगरी सो अबधिसम्म आईपुग्दा चालु खाता घाटा थप विस्तार २ खर्ब ४ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १३ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ४१ करोड रहेको थियो।

सो अबधिमा विदेशी विनिमय सञ्चिती पनि १० खर्ब ५० अर्ब रुपैयाँमा झरेको छ । २०७५ को असारमा यस्तो बचत ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७५ चैत मसान्तमा घट्दै ८ खर्ब ९७ अर्ब १३ करोड रुपैयाँमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू ( नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७५ चैत मसान्तमा वृद्धि भई १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २६.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL