Logo

लकडाउनले मौज्दात बढी भएपछि दुग्धजन्य बस्तुको मूल्य घट्यो, के को मूल्य कति ?

लकडाउनले मौज्दात बढी भएपछि दुग्धजन्य बस्तुको मूल्य घट्यो, के को मूल्य कति ?



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दुध घ्यु, नौती र धुलो दुधको मूल्य घटाएको छ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले मूल्य घटाईएको हो ।

laxmi

यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० रुपैयाँ र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ। घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको हो ।
संस्थानका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ।

यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL