Logo

सिद्धार्थ बैंकले १० करोड रुपैयाँसम्मको कृषि तथा पशुपालन कर्जा दिने

सिद्धार्थ बैंकले १० करोड रुपैयाँसम्मको कृषि तथा पशुपालन कर्जा दिने



काठमाडौं । सिद्धार्थ बैंकले १० करोड रुपैयाँसम्मको कृषि तथा पशुपालन कर्जा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्याउने उद्देश्यले १० करोड रुपैयाँसम्मको कर्जा सुविधा दिने भएको होे । बैंकले ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो ।

laxmi

कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।

यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषता भनेको १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिक र नवीकरण शुल्क नलाग्ने र १५ वर्ष सम्मको कर्जा अवधि (ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने) रहेको छ ।

यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

यस कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१५९७००२० मा सम्पर्क गर्न बैंकले सबै ग्राहकलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL