Logo

नेउवा महासंघलाई निर्वाचन गर्न कानूनी बाटो खुल्यो, गृह मन्त्रालयले दियो अनुमति

नेउवा महासंघलाई निर्वाचन गर्न कानूनी बाटो खुल्यो, गृह मन्त्रालयले दियो अनुमति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई निर्वाचन गर्न कानूनी बाटो खुलेको छ । कोरोनाको कारण लामो समयदेखि अन्यौलमा रहेको महासंघको ५४ औं साधारणसभा तथा निर्वाचत मंसिर ११ र १२ गते गर्नका लागि गृह मन्त्रालयले अनुमति दिएसँगै कानूनी बाटो खुलेको हो ।

laxmi

यस अघि चैत २८ र २९ गते हुनुपर्ने महासंघको निर्वाचन कोरोनाका कारण देखाएँदै पटक पटक मिति सरेसँगै हालसम्म हुन सकेको थिएन । तर अहिले गृह मन्त्रालयले महासंघले माग गरेकै मितिमा निर्वाचन गर्न अनुमति दिएको अब तोकिएकै समयमा महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन हुने महासंघका उपाध्यक्ष एवं आसन्न विर्नाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘हामीले गृह समक्ष जुम (भर्चुअल) बाट साधारणसभा र भौतिक रुपमा २५ जनाभन्दा बढी नहुनेगरी निर्वाचन गर्नका लागि अनुमति माग गरेका थियौं,’ उनले भने, ‘गृह मन्त्रालयले सोही अनुरुप अनुमति दिएको छ अब तोकिएकै मितिमा निर्वाचन गर्नेछौं ।’

गृहको समहमति अनुसार कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गर्ने गरी साधारणसभा एवं निर्वाचन गर्नुपर्ने हुन्छ । यस अघि महासंघको निर्वाचनका लागि ३ पटकसम्म मिति तोकिएपनि महासंघभित्रै आन्तरिक किचलोका कारण हुन सकेको थिएन । तर यस पटक भने पदाधिकारी बैंठकले सर्बसम्मरुपमा मंसिर ११ र १२ गतेका लागि मिति तय गरेका कारण तोकिएसँगै समयमा निर्वाचन हुने महासंघको स्रोतको दावी छ ।

महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आआफ्नो प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका थिए । ढकाल प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका छन् भने प्रधान प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा शौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL