Logo

एनआईसी एशिया बैंकद्वारा उपचार वापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा उपचार वापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई उपचार बीमाबापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले बुधबार झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गतको १५ लाख प्रदान गरेको हो ।

laxmi

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन ।

आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL