काठमाडौं । पछिल्लो समय सेयरबजारमा उच्च गिरावट आउँदा धितोपत्र बोर्ड नेपाल(सेबोन)ले लगानीकर्तालाई संयमित हुन आग्रह गरेको छ । धितोपत्र बोर्डले बुधबार एक विज्ञप्ती जारी गर्दै लगानकिर्तालाई विभिन्न विश्लेषणहरुको पछि नलाग्न समेत आग्रह गरेको हो ।
पछिल्लो समय बोर्डले नै सेयर बजारालाई सुक्ष्म रुपले अध्ययन गरिरहेको र लगानीकर्ताले हतोत्साहित नहुनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै बजारलाई कोरोना भाईरससँग जोडेर विश्लेषण भईरहेको अवस्थामा नेपालको सेयर बजारमा भने कोरोनाले असर नगरेको समेत सेबोनको बिज्ञप्तीमा उल्लेख छ ।
यस्तो अवस्थामा लगानीकर्ताहरुले हतारहतारमा सेयर विक्री गर्नुपर्ने अवस्था नरहेको सेबोनको दावी छ । तथा हल्लाको पछि लागेर सेयर बेच्ने र आत्तिने काम पनि नगर्न बोर्डले विज्ञप्तीमार्फत निर्देशन दिएको छ ।