Logo

गभर्नर डा. नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन, बारपाकमा वित्तीय साक्षरता कार्यक्रम

गभर्नर डा. नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन, बारपाकमा वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले एक समारोहका बीच गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको धार्चे शाखाको उद्घाटन गरेका छन् ।

laxmi

उद्घाटनका अवसरमा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पु¥याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए ।

मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको उल्लेख गर्दै उनले भने, ‘सिभिल बैंकले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुशी छु ।’ यसरी ग्रामीण भेगमा बैंकको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विचार गभर्नर डा. नेपालले राखे । ‘वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशातर्पm उन्मुख गराउनेछ’, उनले भने ।

उद्घाटन समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मी, गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला, धार्चे गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वविजय शर्मा लगायत स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु आबद्ध छन् । यस बैंकले रु.५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु.५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १०३ पुगेकोे छ ।

यस्तै सिभिल बैंकको सिभिल बैंक लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमो वित्तीय साक्षरता कार्यक्रम आयोजना ग¥यो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यतामा बैंकले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा गभर्नर डा. नेपालले सिभिल बैंकले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा वचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा जनसाधारणलाई उपलब्ध गराउने विभिन्न किसिमका बचत, ऋण (कर्जा) तथा बैंकिङ सेवा÷सुविधाका बारेमा जानकारी दिए । नेपाल राष्ट्र बंैकका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिए ।

सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरु घटाइ बचत गर्ने बानीको विकासले समृद्धि उन्मुख गराउने विचार व्यक्त गरे । कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिदिएकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्प आकर्षण बढाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL