Logo

बर्षातसँगै टुसायो पूँजीबजार, साढे दोहोरो अंकले उफ्रिदा कारोबार पौने अर्ब नजिक

बर्षातसँगै टुसायो पूँजीबजार, साढे दोहोरो अंकले उफ्रिदा कारोबार पौने अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आईतबार बजार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसुचक अन्तमा १६ अंकले बढेर बजार बन्द भएको छ ।

laxmi

दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचकहरु हरियो भएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ८३ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचकमा ५९ अंकको वृद्धि भएको छ ।

यसैगरी बजारमा माईक्रोफाइनान्स समहुको परिसुचक ४० अंकले उकालो लाग्दा बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा १६ दशमलव ७४ अंकले उकालो लागेको छ । यस्तै विकास बैंक समुहको परिसुचकमा पनि १९ अंकको वृद्धि भएको छ ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकमा पनि वृद्धि भएको छ । दिनभर कुल ७१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा १ सय ७३ कम्पनीको २० लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL