Logo

बैशाख ४ मा लन्च हुने नेपालको पहिलो भुउपग्रह : कति उपयोगी ?

बैशाख ४ मा लन्च हुने नेपालको पहिलो भुउपग्रह : कति उपयोगी ?



काठमाडौं । नेपालले आगामी बैशाख ४ मा प्रक्षेपण गर्ने भनिएको नानो स्याटेलाईट (नेपालको पहिलो भुउपग्रह) त्यती उपयोगी भने नहुने देखिएको छ ।

laxmi

हाल नेपालले आफ्नै झण्डा राखेर लो अर्बिटल स्लटमा राख्न लागेको उक्त स्याटेलाईटले नेपालको प्रतिनिधित्व मात्रै गर्ने र अन्य काममा भने त्यती उपयोगी नहुने देखिएको हो ।

हाल प्रक्षेपण गर्नका लागि विभिन्न चरणहरु पार गरेपनि बैशाख ४ गते लन्च हुने उक्त स्याटेलाईट नेपाली २ जना बैज्ञानिक लगायत ८ जनाले जापानमा निर्माण गरेका हुन । नेपालले उक्त स्याटेलाईट लन्च गर्नका लागि २२३ दशमलव ३ डिग्रिको अर्विटल स्लट पाएको छ ।

जसले पनि स्याटेलाईट ब्यवसायीक उपयोगी नुहने देखाउँछ । उक्त स्याटेलाईट लन्च भैसकेपछि दैनिकजसो नेपालकै बारेमा १६ ओटा फोटोहरु नेपाल पठाउनेछ । जसअनुसार नेपालको भौगोलिक स्थिति, प्राकृतिक प्रकोप लगायतका अन्य विपत्तीहरुको बारेमा पनि जानकारी पाईने एक विज्ञले जानकारी दिएका छन ।

उनका अनुसार नेपालको १ करोड ५० लाख रुपैयाँ मात्रै खर्च भएको उक्त स्याटेलाईट क्युस्याटले नेपालको तस्विर खिच्नबाहेक अन्य कुनै किसिमको काम भने नगर्ने भएको हो । अमेरिकाको भर्जिनियाबाट अप्रिल १७ अर्थात बैशाख ४ गते प्रक्षेपण हुने उक्त स्याटेलाईट सँगै अन्य २० देशका नानो स्याटेलाईटहरु पनि प्रक्षेपण हुने भएका छन ।

अमेरिकाको अर्बिटल कम्पनीेले नेपालको क्युस्याटसँगै अन्य जापान, श्रिलङ्का लगायत देशका स्याटेलाईट लन्च हुने भएका हुन । उक्त स्याटेलाईट लन्च भएसँगै ३०० किलोमिटरको अर्बिटल स्लटबाट नेपालको फोटोहरु खिच्दै प्रतिदिन १६ फोटोहर पृथ्वीमा पठाउनेछ ।

नेपालले पठाउन लागेको उक्त स्याटेलाईट १ हजार ३ सय ग्रामको छ । जुन ३ बर्षसम्म मात्रै आकाशमा रहने तथा त्यसपश्चात आफै आकाशमै ध्वस्त हुनेछ । आकाशमै ध्वस्त भएपनि स्पेस डेव्रिसको रुपमा भने रहने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL