Logo

नेपालमा भित्रियो रनर हक २ सय सिसीको मोटरसाइकल, बजार मूल्य ४ लाख

नेपालमा भित्रियो रनर हक २ सय सिसीको मोटरसाइकल, बजार मूल्य ४ लाख



काठमाडौं । रमन मोटर्स प्रालिले रनर हक २ सय सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । बंलादेशको मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले उक्त मोटरसाइकल भित्र्याएको हो ।

laxmi

नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रमा परीक्षण गरे पछि नेपाल भित्र्याएको हो । रमन मोटर्सका २२ ओटै डिलरमार्फत विक्रि गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पुरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले जानकारी दिएका छन ।

रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल जस्तोसुकै कठिन बाटोमा पनि सहजै नियन्त्रण्मा ल्याउन सकिने बताए ।

१ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५ सय आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५ सय आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको दावी रहेको छ । हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि केही समयमै अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

रमन मोटर्सले नेपाली बजारमा ल्याएको उक्त मोटरसाईकलको बजार मूल्य भने ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL