Logo

आजदेखि सुरु हूँदै प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता

आजदेखि सुरु हूँदै प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता



काठमाडौं । आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले विशेष समारोहबीच सो कार्यक्रमको उद्घाटन गर्ने भएका छन ।

laxmi

१८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगार व्यक्ति तथा परिवार सो कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा सबै प्रदेश र ७५३ वटै स्थानीयतह मार्फत सञ्चालन हुनेछ ।

उक्त कार्यक्रम लागु भएपछि वार्षिक न्युनतम एक सय दिन रोजगारीको प्रत्याभूति दिने जिम्मेवारी सहित सरकारले उक्त कार्यक्रम ल्याएको हो । सो कार्यक्रम मार्फत सरकारले बेरोजगार परिवारको एक जनालाई एक जना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्तादिने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत् प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको लक्ष्य राखेको थियो ।

सरकारले व्यावसायिक कृषि, नदी नियन्त्रण, वन, सिंचाई, खानेपानी, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी रोजगारी सिर्जना गर्ने लक्ष्य समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL