Logo

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? परिएला कारबाहीमा, ६ दिनमा १६ हजार ट्राफिकको फन्दामा,

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? परिएला कारबाहीमा, ६ दिनमा १६ हजार ट्राफिकको फन्दामा,



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो समय सडकबाट जथाभावी बाटो काट्ने पैदलयात्रुलाई आफ्नो निशाना बनाएको छ । ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुमाथी कारबाही चलाएको ६ दिनमै करिब १६ हजार जनालाई कारबाही गरिसकेको छ ।

ट्राफिकले पछिल्लो समय जथाभावी बाटो काट्ने पैदलयात्रुलाई समातेर सिक्षण दिएको छ । ६ दिनदेखि हालसम्म जेब्रा क्रसिङ तथा आकाशेपुलको प्रयोग नगरी बाटो काट्ने १६ हजार पैदलयात्रुलाई कारवाही स्वरुप २० मिनेट प्रशिक्षण दिएको छ ।

ट्राफिक सम्बन्धी विभिन्न किसिमका सुरक्षाका विषयमा प्रशिक्षण दिने भन्दै ट्राफिक प्रहरी महाशाखाले १ हप्ता अघि पैदल यात्रुलाई शिक्षण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम अन्तरगत महाशाखाले काठमाडौंका विभिन्न चोकहरुमा ट्राफिक पुलिसहरु खटाएको थियो ।

सो कार्यक्रमअन्तरगत चावहिल, गौशाला, रानीपोखरी, पुतलीसडक, न्युरोडगेट आदि चोकमा पुलिसहरु खटाईएको छ । हालसम्म लगभग १५ हजार ८ सय जना जेव्रा क्रसिङ तथा आकाशेपुल प्रयोग नगरी बाटो वारपार गर्नेलाई २० मिनेट प्रशिक्षण दिएको ट्राफिक प्रहरी महाशाखाका एसपी बसन्त पन्तले जानकारी दिए । यसका साथै उनले उक्त सीक्षणमा विभिन्न किसीमका सडक सुरक्षाको बारेमा तथा सवारी सुरक्षाको बारेमा प्रसिक्षण दिएको पनि जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL