Logo

टेलिकमको ‘मिस्ड कल एलर्ट’ पुनः सचालनमा, १८ रुपैयाँमा ६० मिनेट कुरा

टेलिकमको ‘मिस्ड कल एलर्ट’ पुनः सचालनमा, १८ रुपैयाँमा ६० मिनेट कुरा



काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवा पुन सञ्चालनमा ल्याएको छ । टेलिकमले गणतन्त्र दिवसको अवसरमा मंगलबार देखी सो सेवा पुन संचालनमा ल्याएको हो ।

कल एलर्ट सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध हुनेछ । सेवा सुचारु गरे पछि सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।

सेवा संचालन गर्नका लागि उपभोक्ताले एसयुबी एमसीए लेखेर १४०० मा एसएमएस गर्नु पर्नेछ । यो सेवा टेलिकमले १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।

सोही अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् ।

त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक र एसएमएस प्याक सोमबार देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL