Logo

तुलसी मोटर पम्पले ल्यायो पानी तान्ने पम्प, यस्ता छन बिशेषता

तुलसी मोटर पम्पले ल्यायो पानी तान्ने पम्प, यस्ता छन बिशेषता



काठमाडौं । तुलसी मोटर पम्प ईण्डष्ट्रीजले शिखर ब्राण्डका पानी तान्ने पम्पहरु उत्पादन गरेको छ । कम्पनीले पूर्वी नेपालको बिराटनगरमा ईण्डष्ट्री स्थापना गरी शिखर ब्राण्डका पानी तान्ने पम्पहरु उत्पादन गरेको हो ।

बिराटनगरमा स्थापीत तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानी तथा शिखर अर्गनाईजेशनको प्रवद्र्धनमा नेपालमानै पहिलो पटक पानी तान्ने पम्पको उत्पादन सुरु गरेको हो । नेपाली माटो सुहाउदो सस्तो एवंम गुणस्तरीय वाटर पम्प उत्पादन गर्ने उद्धेश्यले तुलसी मोटर पम्प ईण्डष्ट्रीज संचालनमा आएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रवन्धक समिता न्यौपानेका अनुसार नेपालमै पहिलो पटक स्थानीय जनशक्ति एवंम स्थानीय स्रोत र साधनको प्रयोग गरी अन्तरराष्ट्रिय गुणस्तरयुक्त वाटर पम्प उत्पादन गरेको बताए । सस्थाले कृषि, उद्योग र घरायसी प्रयोजनलाई विशेष प्रथमिकतामा राखेर पम्पहरु उत्पादन गरेको जानकारी दिएको हो । कम्पनीले तत्काललाई घरायसी प्रयाजनका लागी १ र हाफ एचपीको शिखर सेल्फ प्राइमनिङ सेन्ट्रीफुगल मोनोब्लक पम्प उत्पादन गरिसकेको छ ।

छिटैनै कृषि क्षेत्र र ओद्योगीक प्रयोजनमा निम्ति शिखर एग्रीकल्चर मोनोब्लक पम्प र शिखर इन्डक्सन मोटर उत्पादन गर्ने तयारीमा रहेको कम्पनीले जानकारी दिएको छ । कम भोल्टेजमा चल्ने, मेन्टेनेन्स खर्च पनी कम लाग्नुका साथै टिकाउ एवंम गुणस्तरीय भएको ले उपभोक्ताको रोजाईमा पर्ने कम्पनीको दावी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL