Logo

सेयर बजार इन्स्योरेन्स कम्पनीको कब्जामा, कारोबार रकम र परिसुचक दुबै उकालो

सेयर बजार इन्स्योरेन्स कम्पनीको कब्जामा, कारोबार रकम र परिसुचक दुबै उकालो



काठमाडौं । दोहोरो अंकले बढेको बजारमा इन्स्योरेन्स कम्पनीले कब्जा जमाएको छ । सोमबार बढी कारोबार हुने १० कम्पनीमध्ये ९ कम्पनीमा इन्स्योरेन्स रहेका छन् ।

मंगलबार दिनभर उतारचढाव भएको बजार बन्द हुँदा १७ दशमलव ४२ अंकले बढेको बजारमा कारोबार रकम पनि बढ्न पुगेको छ । दोहोरो अंकले बृद्धि भएको बजारमा बीमा समुहको परिसुचक सबैभन्दा बढी २ सय ९३ अंकले उकालो लागेको छ । जसमा सबैजसो बीमा कम्पनीको परिसुचक उच्च रुपमा बढ्न पुगेका छन् ।

यसैगरी माइक्रोफाइनान्स समुहको परिसुचक ७२ अंकले बढ्दा फाइनान्स समुहको परिसुचक करिब १५ अंक र विकास बैंक समुहको परिसुचक १७ अंकले बढेको छ । तर, बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने सामान्य मात्र उकालो लागेको छ । बजारमा सबै समुहको परिसुचक बढ्दा अतिरिक्त समुहको परिसुचक भने घट्न पुगेको छ ।

अघिल्ला दिनमा घटेको कारोबार रकम सोमबार बढ्न पुगेको छ । सोमबार अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै दोब्बरले बढ्दै ५७ करोड ९८ लाख रुपैयाँले बढेको छ । जसमा ३ बीमा कम्पनीको कारोबार २ करोड रुपैयाँभन्दा माथि उक्लिायो भने अन्य कम्पनीको सोभन्दा कम नै भएको छ । दिनभर कुल १ सय ६७ कम्पनीको ११ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL