Logo

किन बढ्दै छ सुनको भाउ ! अब के होला ?

किन बढ्दै छ सुनको भाउ ! अब के होला ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको शुरुदेखि नै उकालो लागेको सुनको मूल्य लामो समयसम्म पनि घट्न सकेको छैन । साउनमा प्रतितोला ५४ हजार ९ सयमा पुगेको सुनको मूल्य आज अर्थात सोमबार ५७ हजार ७ सय रुपैयाँ पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको सम्बन्धीत व्यवसायीहरु बताउँछन् । नेपालमा उपलब्ध सबै सुन विदेशबाट नै आयात हुने हँदा अन्तरराष्ट्रिय बजार अनुसार यहाँ मूल्य निर्धारण गरिन्छ ।

यसकारण महंगियो अन्तरराष्ट्रिय बजारमा सुन

अमेरिकाले विश्वमा व्यापार युद्ध भड्काउने खतरासँगै सेयर बजार ओरालो लागेको थियो । लगानीकर्ताहरूले जोखीमयुक्त सम्पत्तीलाई छाडेर सुनलगायत सुरक्षित ठानिने सम्पत्तीमा लगानी गर्न थालेपछी मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । त्यस्तै अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकाले आयातित धातुमा लगाएको अतिरिक्त शुल्कका कारण सुनको मूल्य बढेको हो ।

त्यस्तै कमजोर अमेरिकी आर्थिक वृद्धिदर, ऋणपत्रको न्यून प्रतिफल र कमजोर डलरले पनि सुनको कारोबारलाई प्रभावित पारेको विज्ञहरुको भनाई छ ।

शाक्यका अनुसार लगानीका अन्य क्षेत्र कमजोर भएकोले सुनमा लगानी गर्ने बढेका हुन् । त्यस्तै अमेरिकामा बेरोजगारको संख्या घटाउने भन्ने नारा पनि अपेक्षा अनुसार नहुनु पनि सुनको भाउ बढ्नुको कारण भएको उनले जानकारी दिए । यदि विश्व बजारमा पनि अन्य क्षेत्रको अवस्था नसुध्रिने र नेपालमा पनि सेयर बजारको अवस्था दैनिकजसो घट्दै जाने हो भने लगानीको लागि उपयुक्त बस्तु नै सुन हुने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

नेपालमा ५ बर्षअघि सबैभन्दा बढी साढे ६३ हजार प्रतितिोला पुगेको थियो । त्यसपछी ४ बर्षअघि ४७ हजारमा झरेको थियो ।

त्यसो त नेपालमा सुनचाँदीमा लगानी गर्न चाहेर पनि निर्धक्कसँग लगानी गर्ने वातावरण नभएको व्यवसायीहरुको गुनासो छ । तस्करी, सम्पत्ती शुद्धिकरणलगायतले गर्दा पनि व्यवसायी डराएका हुन् । त्यस्तै सुनचाँदी सम्बन्धी मापदण्ड तथा निर्देशिका नबन्दा पनि लगानी नबढेको हो ।
नेपालमा सुनचाँदी व्यवसायीको अर्को मूख्य समस्या भनेको कालिगढ हो । नेपाली कालिगढ नभएकोले भारतीयको भर पर्नुपर्ने अवस्था छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL