Logo

सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सम्झौता


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीअरबको बैँक अल बिलाद, एन्जाज सर्भिस सेन्टरसँग रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतामा सिटी एक्स्प्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र साद अलद्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका हुन् ।

यससँगै एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालमा नगद पठाउन वा नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा सकिने बताएको छ ।

अल बिलाद बैंकले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गरेको छ । साथै आगामी दिनहरुमा सिटी एक्सप्रेस सँग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने बताएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा बिगत ११ बर्ष देखि आफ्नो सेवा दिदै आएको छ । साथै बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट नेपालमा मात्रै ५५०० भन्दा बढि एजेन्टहरु मार्फत सेवा दिदैआएको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL