Logo

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा : १ः१ हकप्रद आउने, मर्जरको बाटो खुला

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा : १ः१ हकप्रद आउने, मर्जरको बाटो खुला



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट पुँजी वृद्धिका लागि अनुमति पाएको नारायणीले मर्जर तथा एक्विजिशनको बाटो खुला सहित साधारणसभा बोलाएको हो ।

laxmi

बैंकले आगामी बैशाख १८ गतेका लागि साधारणसभा बोलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धिका लागि पुसमै धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेको छ ।

हाल बैंकका संस्थापक सेयरधनीले थप लगानी नगर्दा हकप्रद सेयर खुला हुन सकेको थिएन । तर अब तत्कालै हकप्रद सेयर निष्काशन गरेर कुनै विकास बैंकसँग मर्जर तथा एक्विजिशनमा जाने गरि अघि बढेको बैंक स्रोतले जानकारी दिएको छ । बैंकले विभिन्न ६ वटा एजेण्डा राखेर साधारणसभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL