Logo

विश्व दूरसञ्चार संघको स्टडी ग्रुप उपाध्यक्षमा खनाल पुनः निर्वाचित

विश्व दूरसञ्चार संघको स्टडी ग्रुप उपाध्यक्षमा खनाल पुनः निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

संघको दूरसञ्चार विकास ब्यूरो अन्तर्गत् स्टडी ग्रुप दुईको उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनको कार्यकाल २०१८ देखि २०२१ सम्मको हुने छ ।

अक्टोबर ९ देखि २० तारिकसम्म अर्जेन्टिनाको राजधानी बुनोसमा भएको बैठकबाट विश्व दूर सञ्चार विकास महाशाखाबाट दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्।

यस अघि २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL