Logo

मोनोरेल चलाउन महानगरले शुरु गर्यो अध्ययन, आउला त सञ्चालनमा ?

मोनोरेल चलाउन महानगरले शुरु गर्यो अध्ययन, आउला त सञ्चालनमा ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले  मोनोरेल चलाउने बारे अध्ययन गर्ने भएको छ । बुधवार एक कार्यक्रमवीच वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आगामी २ बर्षभित्र काठमाडौंको छोटो रुटमा मोनोरेल सञ्चालनमा आउनेछ । शुरुमा परीक्षणका रुपमा मोनोरेल सञ्चालन गरिने भएको हो ।

laxmi

कम्पनीले ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गन जानकारी दिएको छ । त्यस्तै काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन भने १ बर्षम सकिने छ । अध्ययन पश्चात आएको यदि प्रतिवेदनले स्काइरेल सञ्चालन सम्भव हुने भएमा त्यसको करिब १ बर्ष भित्रै रेल सञ्चालनमा आउने वाइबिडी साइमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेले बताए ।

सो अवसरमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौंमा मेट्रो रलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले अध्ययन गर्न लागेको बताए । उनका अनुसार सम्भाव्यता अध्ययन सार्वजनिक निजी साझेदारी अन्तरगत गर्न लागिएको हो ।

पूर्वाधार र ग्राउण्ड रियालिटी अनुसार स्काइरेलको सम्भावना बढी देखिएकोले त्यसतर्फ काम अघि सारिएको उनले जानकारी दिए । कुन मोडलमा, कसरी स्काइ रेल चलाउने भन्ने बारेभने रिपोर्ट सार्वजनिक भएपछि तय हुने उनले बताए ।

साइमेक्सका अध्यक्ष पाण्डेका अनुसार यो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुन्छ ।आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL