Logo

अल्लो सचेतना कार्यक्रम ल्याउँदै उद्योग मन्त्रालय, एक लाख महिलालाई रोजगारी

अल्लो सचेतना कार्यक्रम ल्याउँदै उद्योग मन्त्रालय, एक लाख महिलालाई रोजगारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले देशमा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।

उनका अनुसार मन्त्रालयले पहिलो चरणमा आगामी फागुन पहिलो सातादेखि विभिन्न ११ जिल्लामा उक्त कार्यक्रम लागू गर्ने भएको छ । नेपाली प्राविधिकबाट उत्पादित उपकरणलाई उपयोग गरी अल्लो प्रशोधन केन्द्र समेत स्थापना गरेर रोजगारी दिन लागिएको हो । अल्लोबाट १ लाख भन्दा बढी महिलालाई रोजगारी दिइने उनको दावी थियो । विशेषगरी दलित आदिवासी महिलालाई लक्षित गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले ११ जिल्लामा यो कार्यक्रम लागू गर्न लागिएको हो ।

सरकारले पहिलो चरणमा रोल्पा, प्यूठान, डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा, प्यूठान, दाङ, दोलखा, पर्वत, सङ्खुवासभा, सुर्खेत र सोलुखुम्बुमा उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । उक्त जिल्लाका लागि सरकारले साझा सुविधा केन्द्र स्थापना गरी प्रशोधन गर्ने मेशिन समेत उपलब्ध गराउने उनले जानकारी दिए ।

मन्त्रालयले दोस्रो चरणमा थप २२ जिल्लामा उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । खेर गइरहेको कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको समेत उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL