Logo

राष्ट्र बैंकले भन्यो, एनसेललाई दवावमा होइन कानूनी रुपमै लाभांस लैजान दिइएको हो

राष्ट्र बैंकले भन्यो, एनसेललाई दवावमा होइन कानूनी रुपमै लाभांस लैजान दिइएको हो


बिजखबर संवाददाता
0
Shares

काठमडौं । नेपाल राष्ट्र बैंकले दूरसंचार सेवा प्रदायक कम्पनी एनसेललाई कानुनी रुपमा लाभांस लैजान स्वीकृति दिइएको बताएको छ । एनसेललाई लाभांस लैजान स्वीकृति दिएको सम्बन्धमा मिडियामा अनावश्यक रुपमा समाचार आएको भन्दै राष्ट्र बैंकले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।

कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले सम्बन्धित सरोकारवाला निकायको सहमतिमै लाभांस लैजान स्वीकृति दिएको स्पष्ट पारे । ‘नेपाल दूरसंचार प्राधिकरणले २०७३ असार २७ गते एनसेलले सम्पूर्ण प्रक्रिया पुरा गरेको भन्दै उद्योग विभागको समेत सहमति पत्र समेत राखेर हामीलाई जानकारी दिएको छ,’ उनले भने, ‘सोही अनुरुप राष्ट्र बैंकले सहमति दिएको हो ।’ साथै एनसेललाई लाभांस लैजान रोक लगाउने सम्बन्धमा कुनै पनि सरकारी निकायबाट पत्र नआएको समेत उनले स्पष्ट पारे ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अन्तरगत सवै प्रक्रिया पुरा गरेमा कुनै पनि कम्पनीले आम्दानी गरेको रकम लाभांस अन्तरगत लैजान पाउँछन् । सोही अनुरुप एनसेलले पनि आफुले आम्दानी गरेको रकम लगेको हो ।

एनसेलले २०६८ सालमा ११ अर्ब रुपैयाँ लाभांस लैजान माग गर्दै राष्ट्र बैंक समक्ष आवेदन दिएको थियो । तर, त्यतिवेला सवै कागजात नपुगेको भन्दै रोक लगाइएको थियो । तर, पछिल्लो समय एनसेलले सवै कागजात उपलब्ध गराएकाले स्वीकृति दिइएको पौडेलले जानकारी दिए । सोही अनुरुप राष्ट्र बैंकले एनसेललाई ८ अर्ब ८० करोड रुपैयाँ लाभांस लैजान स्वीकृति दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL