Logo

मस्कले ४४ बिलियन डलरमा किनेको ट्वीटरको भ्यालु अब २० बिलियन डलर, किन घट्यो मूल्य ?

मस्कले ४४ बिलियन डलरमा किनेको ट्वीटरको भ्यालु अब २० बिलियन डलर, किन घट्यो मूल्य ?



काठमाडौं । विश्वको दोस्रा धनी अर्बपति एलोन मस्कले माइक्रोब्लगिङ साइट ट्वीटर ४४ अर्ब डलरमा किनेका थिए । यसमा पनि निकै विवाद भएको थियो । यसको कारण मस्क सम्झौताबाट पछि हटेका थिए र जब ट्वीटरले अदालत जाने धम्की दियो, मस्क ट्वीटर किन्न राजी भए । तर ट्वीटर किनेपछि मस्कले भारतीय मूलका सीईओ पराग अग्रवाललगायत धेरै उच्च अधिकारीहरूलाई हटाए ।

laxmi

त्यसपछि उनी आफै कम्पनीको सीईओ भए । यससँगै उनले भारतसहित विश्वभरका हजारौं ट्वीटर कर्मचारीलाई निकालेका थिए । अहिले भने मस्कले ट्वीटरको मूल्य २० बिलियन डलर बताइरहेका छन् । मस्कले यो मूल्यांकननमा कर्मचारीहरूलाई स्टक अनुदान दिन चाहेको बताइएको छ ।

रोयटर्सको रिपोर्टका अनुसार मस्कले ट्वीटरका कर्मचारीहरूलाई इमेल पठाएर यस्तो बताएका हुन् । मस्कले ट्वीटरमा राखेको मूल्य यसको मूल मूल्यको आधाभन्दा कम छ । ट्वीटरको मूल्य घटेको स्पष्ट छ । ट्वीटरले यसबारेमा इमेलको जवाफ दिएको छैन । मस्कले डिसेम्बरमा भनेका थिए कि ट्वीटर २०२३ मा नगद प्रवाह ब्रेक–इभनमा पुग्ने बाटोमाा थियो । मस्कले ट्वीटर किन्ने बित्तिकै धेरै शीर्ष विज्ञापनदाताहरूले यस सोशल मिडिया प्लेटफर्ममा आफ्नो विज्ञापन कटौती गरेका थिए । मस्कले ट्वीटर प्रति शेयर ५४.२० डलरमा किनेका थिए ।

मस्कको कुल सम्पत्ति

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार मस्क अहिले विश्वका धनीहरुको सूचीमा दोस्रो नम्बरमा छन् । उनको कुल सम्पत्ति १७६ बिलियन डलर छ । यस वर्ष उनको कुल सम्पत्ति ३८.८ बिलियनले बढेको छ । तर, गत वर्ष यो उल्लेखनीय रूपमा घटेको थियो । ट्वीटरको जिम्मेवारी लिएपछि उनले विश्वभरका हजारौं कर्मचारीलाई डिस्चार्ज गरिसकेका छन् । साथै, अहिले कर्मचारहिरुहरूका लागि कडा नियमहरू लागू गरिएको छ । मस्कलाई कडा सीईओको रूपमा चिनिन्छ । यही कारण ट्वीटरमा उनको आगमनको विरोध भएको थियो । मस्क ट्वीटरसँगै टेस्ला र स्पेसएक्सका सीईओ पनि हुन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL