Logo

मोबाइल बैंकिङमा रमाउँदै नेपाली, एक बर्षमै १२ खर्ब १० अर्बको भुक्तानी

मोबाइल बैंकिङमा रमाउँदै नेपाली, एक बर्षमै १२ खर्ब १० अर्बको भुक्तानी



काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आफ्ना सेवाहरु सरल तरिकाले उपलब्ध गराउनका लागि छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् । जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरुको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षभरी मोबाईल बैंकिङबाट मात्रै १२ खर्ब १० अर्ब १३ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको साउन १ गतेदेखि असार मसान्तसम्म मोबाइल बैंकिङ सेवाको प्रयोग गरी सेवाग्राहीले उक्त भुक्तानी गरेका हुन् ।

यस अवधिमा मोबाइल बैंकिङबाट १८ करोड १५ लाख ४५ हजार पटक भुक्तानी भएको देखिन्छ । १ बर्षमा मोबाइल बैंकिङमार्फत भएको झुक्तानीलाई महिनागत तुलनामा हेर्दा सबैभन्दा बढी भुक्तानी असार महिनामा भएको देखिन्छ । राष्ट्र बैंकका अनुसार असार महिनामा मात्रै मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यस्तो भुक्तानी अघिल्लो महिना जेठमा भने जम्मा १ खर्ब २१ अर्व रुपैयाँमा सिमित थियो । यसरी हेर्दा प्रत्येक महिना मोबाइल बैंकिङमार्फत हुने भुक्तानी बढिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत आर्थिक बर्षभरी क्युआर कोडमार्फत ९४ अर्ब ५० करोड ८० लाख, वालेटमार्फत १ खर्ब ८४ अर्ब र ईकमर्शका लागि ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL