Logo

सानिमा बैंकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने, यस्तो छ नगद र बोनसको दर

सानिमा बैंकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने, यस्तो छ नगद र बोनसको दर



काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

laxmi

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL