Logo

अब सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क सिधै खल्तीबाट, यसरी सकिन्छ तिर्न

अब सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क सिधै खल्तीबाट, यसरी सकिन्छ तिर्न



काठमाडौं । अब सिटिइभिटी बाट खुलाइएको प्रि–डिप्लोमा तह साथै डिप्लोमा तथा प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने भएको छ ।

laxmi

कम्पनीले सरकारी वा सामुदायिक विद्यालयबाट एसईई, एसएलसी, टीएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सकिने व्यवस्था गरेको हो । निजी विद्यालय बाट अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन। त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम भरेमा उक्त फारम स्वतः रद्द हुने साथै शुल्क फिर्ता नहुने प्रावधान रहेको छ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन्।

२०७८, भाद्र ७ देखि २३ गते सम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन्। कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनीकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको मर्चांन्ट एक्युजिसन का वरिष्ठ अधिकारी, हरुन राईले वताए।

सिटिइभिटी को छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न :

  • खल्ती को होम पेजमा रहेको खल्ती बजारमा जाने
  • “इन्ट्रान्स” मा गई “सिटिइभिटी” मा ट्याप गर्ने
  • अब सबै विवरण भरि “प्रोसिड टु पे” बटन मा थिच्ने
  • साथै आवेदकले सिटिइभिटी को आधिकारिक वेबसाइट बाट पनि छात्रवृत्ति फारम भरि शुल्क खल्ती बाट भुक्तानी गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL