Logo

रूरू जलविद्युतको आइपिओ आज बाँडफाँड हुँदै, आवेदक मध्ये ३८ हजारले मात्र सेयर पाउने

रूरू जलविद्युतको आइपिओ आज बाँडफाँड हुँदै, आवेदक मध्ये ३८ हजारले मात्र सेयर पाउने



काठमाडौं । रूरू जलविद्युत आयोबजनाको आइपिओ आज बिहान ८ बजे बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार आइपिओ बाँडफाँडको तयारी सकिएको छ।

laxmi

कम्पनीको आइपिओ करिब १६ लाख ७१ हजारले भरेका छन्। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १२० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको हो।

सर्वसाधारणका लागि ३ लाख ७९ हजार १६७ कित्ता सेयर बिक्रि गरिएको छ। यस हिसावले ३७ हजार ९ सय १० जनाले १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा छ। कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ छ। कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL