Logo

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने, चीन सरकारको सहयोगमा बेली ब्रिज जडान सुरु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्ने गरी ल्हेन्देखोलामा बेली ब्रिज जडान सुरु भएको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसीँ-रसुवागढी सडक योजना’को अवलोकनपछि मंगलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी…