Logo

होटल मेरियट बेस्ट लक्जरी होटल ईन नेपालबाट सम्मानित

होटल मेरियट बेस्ट लक्जरी होटल ईन नेपालबाट सम्मानित



काठमाडौं । काठमाडौंमा अवस्थित होटल मेरियट ‘बेस्ट लक्जरी होटल ईन नेपाल’बाट सम्मानित भएको छ । एशिया प्यासिफिक होटल अवार्ड २०२०–२१ ले होटललाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

laxmi

उक्त होटल गत बर्षमात्रै संचालनमा आएको थियो । एमएस ग्रूपले बनाएको उक्त होटलमा २१४ कोठा रहेका छन् । होटलमा १९३ डिलक्स रुम, २० स्वीट छन् ।

मेरियट इन्टरनेशनलको क्लासिक लक्जरी सेगमेन्टको उक्त होटलको व्यवस्थापन भने मेरियटले हेर्दै आएको छ । कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको सो होटल १३ तलाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL